पूर्वाधारमा लगानी सहकार्य गर्न निजी क्षेत्रलाई अर्थमन्त्री शर्माको आग्रह
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा सरकार सचेत रहेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको कार्यक्रममा आर्थिक जर्नल ‘अर्थचित्र’ सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको पुनरुत्थान तथा आर्थिक विकासमा सार्वजनिक निजी साझेदारी तथा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहेको बताए । उनले निजी क्षेत्रलाई दिईने सहुलियत क्षेत्रका बारेमा अध्ययन भइरहेको धारणा राखे ।
मन्त्री शर्माले बजेट निकै सानो आकारको रहेपनि सामाजिक, आर्थिक, पूर्वाधार, स्वास्थ्य, शिक्षा लगायत विकासका लागि सामूहिक जोड आवश्यक रहेको बताए । पूर्वाधार निर्माणमा सरकारले निजी क्षेत्रलाई केही पाटो दिने तयारी गरिरहेको पनि मन्त्री शर्माले सुनाए । उनले स्रोत र साधनको कमी नरहेको उल्लेख गर्दै व्यवस्थापकीय कला प्रयोग गरेर देशलाई समृद्ध बनाउन लाग्ने बताए ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ५.९ प्रतिशतले विश्व अर्थतन्त्र विस्तार हुने प्रक्षेपण भइरहेको सन्दर्भ जोड्दै नेपालमा पनि कोभिडपछि अर्थतन्त्र सुधारतर्फ उन्मुख बनाउन प्रयासरत रहेको बताए । गभर्नर अधिकारीले आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी अपरिहार्य रहेको बताए । सरकारले निजी क्षेत्रलाई नीतिगत व्यवस्थामा वा अन्य उपायले व्यवसायिक सहजीकरण गरिदिने र निजी क्षेत्रले पनि सरकारलाई साथ दिनुपर्ने उनले बताए ।
गभर्नर अधिकारीले मूल्यवृद्धिमा चाप परेको भन्दै सर्वसाधारणको दैनिकीलाई सहज बनाउनेतर्फ सोच्नुपर्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका अध्यक्ष एवं पदाधिकारीले बजारमा तरलता लगानीयोग्य रकम अभावको समस्या देखिएको भन्दै छिट्टै समस्या समाधानको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अर्थमन्त्री जनार्दन शर्मा
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्