सबैभन्दा बढी भ्रष्टचार प्रदेश दुईमा, स्थानीय तह बने अनियमितताको अखडा
काठमाडौं । यत्रतत्र सर्वत्र आर्थिक अनियमितता र भ्रष्टाचार बढिरहेको छ भने आम जनताको गुनासो पनि बढिरहेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा पछिल्लो समय भ्रष्टाचारजन्य कार्य भइरहेको उजुरी बढिरहेको जनाएको छ । तथ्य र प्रमाणका आधारमा कारबाहीका आफ्नो प्रयास जारी राखेको अख्तियारले जनाएको छ । कोभिड–१९ महामारीका कारण कार्यमा केही सिथिलता देखिएपनि सेवाग्राहीको सूचनाका आधारमा सबै कारबाही अगाडि बढिरहेको उसको भनाइ छ ।
अख्तियारले अघिल्लो आर्थिक वर्षमा ६७ दशमलव चार प्रतिशत उजुरी फर्छाैट गरेकोमा आर्थिक वर्ष २०७७\०७८ मा यो संख्या ६४ दशमलव दुई तीन प्रतिशतमा झरेको जनाएको छ । कोरोनका कारण स्थलगत छानबिनमा जान नसक्नुलाई अख्तियारले आफ्नो बाधक मानेको छ । सेवाग्राहीबाट कोही कसैले घुस लिन लागेको वा घुस लिएको उजुरी आएमा तत्काल कारबाही गर्ने अख्तियारको प्रतिबद्धता छ । अख्तियारले आर्थिक वर्ष २०७७\७८ मा १४ हजार ४ सय २५ थप उजुरी दर्ता भएको जनाएको छ । भ्रष्टाचारजन्य उजुरीका आधारमा प्रदेश नम्बर २ मा सबैभन्दा धेरै २४ दशमलव पाँच छ प्रतिशत उजुरी परेको अख्तियारले जनाएको छ ।
त्यसैगरी बागमती प्रदेशमा २२ दशमलव पाँच नौ प्रतिशत, लुम्बिनीमा १३ दशमलव सात दुई प्रतिशत, प्रदेश नम्बर १ मा १२ दशमलव पाँच चार प्रतिशत, सुदूरपश्चिममा ११ दशमलव चार पाँच प्रतिशत, कर्णालीमा ७ दशमलव नौ आठ प्रतिशत उजुरी परेका छन् । सबैभन्दा कम गण्डकी प्रदेशमा ७ दशमलव एक छ प्रतिशत भ्रष्टाचारजन्य उजुरी परेको अख्तियारले जनाएको छ । यो अवधिमा अख्तियारले १ सय १४ जनालाई विशेष अदालतमा मुद्दा दायर गरेको र अनुसन्धानका क्रममा ६ करोड ३८ लाख ९० हजार रुपैयाँ असुल उपर गरेको जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #भ्रष्टाचारजन्य कार्य
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्