विश्वकै लोकप्रिय नेता बने भारतीय प्रधानमन्त्री मोदी, बाइडेन छैटौं र जोन्सन दशौं स्थानमा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः एक पटक विश्वकै सबैभन्दा लोकप्रिय नेता बनेका छन् । अमेरिकी डेट इन्टिलेजेन्स फर्म द मर्निङ कन्सल्टको पछिल्लो सर्वेक्षणमा मोदीले अप्रुभल रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित संसारका १३ चर्चित नेताहरुलाई उछिनेका छन् ।
५ नोभेम्बरमा सार्वजनिक गरिएको यो सर्वेमा मोदी अन्य विश्व नेताहरुभन्दा अगाडि छन् । भारतीय प्रधानमन्त्री मोदीले लोकप्रियताको ग्राफमा मेक्सिकन राष्ट्रपति आन्द्रे म्यानुएनल लोपेज ओब्राडोर, इटालीका प्रधानमन्त्री मारियो दाघ्री, जर्मन चान्सलर एन्जेला मर्केल, अमेरिकी राष्ट्रपति जो बाइडेनलाई उछिनेका हुन् ।
द मर्निङ कन्सल्ट सर्वेका अनुसार भारतमा कोरोनाको दोस्रो लहर (मे २०२१) को बेला मोदीको लोकप्रियतामा भारी गिरावट आएको थियो । त्यो बेला कोरोनाले भारतीय अस्पतालमा अक्सिजनको अभाव समेत भएको थियो । सन् २०२० मा मोदीको अप्रुभल रेटिङ सबैभन्दा धेरै ८४ प्रतिशत थियो । सो बेला भारत कोरोना महामारीबाट बाहिर निस्किएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, #विश्वकै सबैभन्दा लोकप्रिय नेता
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्