पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक खतिवडालाई १५ हजार जरिबाना
काठमाडौं । सूचना उपलब्ध नगराएको भन्दै पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडालाई १५ हजार रुपैयाँ जरिबाना गराइएको छ ।
सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषका प्रमुख, डाक्टर खतिवडाबाट नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा १ र २ ले प्रदान गरेको नेपाली नागरिकको सूचना माग्ने र पाउने हकको उलङ्घन भएको भन्दै उनलाई जरिबाना गरिएको राष्ट्रिय सूचना आयोगले जानकारी दिएको छ ।
झापा जिल्ला, बाह्रदशी गाउँपालिका–६, अहिले काठमाण्डौ बस्दै आएका बलबहादुर प्रधानले पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रमुख डा खतिवडा र सूचना अधिकारीसमक्ष आफूसँग सरोकार भएको सूचनाको माग गरेका थिए ।
मागअनुसार कोषले सूचना उपलब्ध नगराएकाले सूचना पाउँ भनी आयोगसमक्ष पुनरावेदन गरेकामा सूचना माग कर्ताको पुनरावेदन साथै संलग्न कागजात, विपक्षीबाट प्राप्त लिखित जवाफ तथा यस आयोगबाट भएका पटक–पटकका आदेशको समेत बेवास्ता गरेपछि उनलाई जरिबाना गरिएको हो । सूचना लुकाएको र सुचना दिन नमानेका कारण खतिवडालाई जरिवाना तोकिएको आयोगले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #डाक्टर घनश्याम खतिवडा, #पशुपति क्षेत्र विकास कोष
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्