कुलमान आफै फिल्डमा, भरतपुरमा ३६ घण्टापछि बिद्युत सुचारु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा ३६ घण्टापछि बिजुली आपूर्ति सुरु भएको छ । अस्ति दिउँसोदेखि आपूर्ति बन्द भएपछि हिजो दिनभर र राति अबेरसम्म मर्मत गरी १ बजेदेखि बिजुलीको आपूर्ति सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सबस्टेसनको निरीक्षण गर्न चितवन पुगेका थिए । हिजो चितवन पुगेका घिसिङले मर्मतमा खटिएका कर्मचारीलाई हौसलासहित समस्या समाधानका लागि पहल गरेको प्राधिकरणले जनाएको छ ।
बर्सेनि ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएपछि अस्ति दिउँसोदेखि बिजुली बन्द भएको थियो । सबस्टेसनमा समस्या आएपछि भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत् आपूर्ति रोकिएको थियो।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बिजुली आपूर्ति
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्