Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाहीले लिए सपथ, मन्त्रीमण्डल बिस्तार भने हुन सकेन


काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहीलाई मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् । कांग्रेस नेता शाहीलाई प्रदेश प्रमुख कलौनीले संविधानको धारा १६८ (२) अनुसार मंगलबार बेलुका नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा प्रदेशका सभामुख राजबहादुर शाही, निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सांसदहरुको सहभागिता रहेको थियो । मुख्यमन्त्री शाहीले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद्समेत बनाउने प्रयास गरेपनि सफल हुन सकेनन् । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा सहमति नजुटे पछि शाही एक्लैले शपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री शाहीले माओवादी केन्दका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए । माओवादी केन्द्रका नेता शाहीले दलभित्र छलफल भइनसकेकाले मन्त्रीको नाम पठाउन नसक्ने जवाफ दिएको बताइएको छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कति वटा मन्त्रालय लिने भन्नेबारेमा टुंगो लागेको छैन ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाही

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं