प्रदेश सरकारमा एमाले शुन्य हुँदै,कर्णाली र प्रदेश १ मा पनि मुख्यमन्त्री फेर्ने कसरत
काठमाडौं । कुनै बेला दुई नम्बर प्रदेश बाहेक बाँकी ६ वटै प्रदेशसँगै संघीय सत्तामा समेत राज गरेको नेकपा एमालेले अहिले सबै सत्ताबाट विमुख बन्नु पर्ने अवस्था आएको छ । दुई दुई पटक प्रतिनिधि सभाको असफल विघटन गर्दा समेत दम्भमा कमी ल्याउन नसकेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यही कारण संघीय सत्ताबाट बाहिरिनु पर्यो । अहिले उनको हातबाट सारा प्रदेशको सत्ता समेत टाढा हुँदैछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सत्ताबाट बाहिरि सकेको एमाले अब १ नम्बर प्रदेशमा समेत सत्ताबाट विमुख हुँदैछ । मुख्यमन्त्री बन्नका लागि अन्तिम समयमा माधव नेपालको साथ छाडेकी अष्टलक्ष्मी शाक्य सत्ताबाट बाहिरिसकेकी छन् ।
अव भीम आचार्यले पनि प्रदेश १ को मुख्यमन्त्री छाड्ने बेला आइरहेको छ । प्रदेशको सत्तामा रहन एमालेले जति कपट गरिपनि सक्ने सम्भावना नै देखिएन । प्रदेश १ मा गठबन्धनका दलभित्र पनि सरकारमा जान रस्साकस्सी चलिरहेको छ । २ नम्बर प्रदेशमा सरकारको नेतृत्व गरिरहेको जसपा बाहेक गठबन्धनका दलभित्र अहिले ६ वटा मध्ये दुई दुई वटा प्रदेशमा मुख्यमन्त्री पाउने सहमति बनेको छ । बागमती र १ नम्बर प्रदेशबाट एमालेको सत्ता बहिर्गमनसँगै सरकारको नेतृत्व गर्न एकीकृत समाजवादी तम्सिएपनि बागमतीमा ६ महिनापछि कांग्रेसका इन्द्र बानियाँलाई मुख्यमन्त्री दिने सहमति भइसकेको छ ।
अहिले बागमती प्रदेशमा शाक्यको बहिर्गमनसँगै एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् । अहिले नेकपा माओवादीले सबैभन्दा धेरै ३ वटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ । कांग्रेसको सरकार गण्डकी प्रदेशमा मात्र छ । त्यो सहमतिका आधारमा समेत माओवादी केन्द्रले एउटा प्रदेशको सरकारको नेतृत्वबाट बाहिरिनु पर्नेछ । कांग्रेसको चाहना अहिले कर्णाली प्रदेशमा सरकारको नेतृत्व गर्ने छ ।
सहमति अनुसार कर्णालीमा १५ गते महेन्द्रबहादुर शाही मुख्यमन्त्रीबाट बाहिरिनुपर्नेछ । तर, माओवादीले सरकार नछाड्ने बताउदा मुख्यमन्त्री बन्न तयार भएका कांग्रेस नेता जीवनबहादुर शाहीले धोका दिए अर्को कदम चालिने बताएका छन् । कांग्रेसको त्यो चाहनालाई मानेर माओवादी केन्द्रको हाइकमाण्डले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मार्ग प्रसस्त गर्न निर्देशन पनि दिइ सकेको छ । तर, उनले सत्ताबाट बाहिरिन आनाकानी गरिरहेका छन् ।
उता सुदुर पश्चिम प्रदेशमा पनि मुख्यमन्त्री त्रिलोचन भट्टको विकल्प खोज्नु पर्ने आवाज गठबन्धनका दलहरु भित्र उठ्न थालेका छन् । त्यो प्रदेशमा सरकार नेतृत्व गर्ने चाहना एकीकृत समाजवादी र कांग्रेस दुवैले देखाएका छन् । उता पार्टी विभाजनमा एमालेलाई सबैभन्दा बढी क्षति पुर्याउन सकेको सुदुरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्न पाउँदा झनै शक्ति बढ्ने अनुमान माधव नेपालको छ । संविधान जारी भएपनि संघीय मात्रै होइन प्रदेश सरकार समेत पूरा कार्यालय काम गर्छन् भन्दा अहिले संघिय मात्रै होइन प्रदेश सरकार समेत फेरबदल गर्न दौडधुप चलिरहेकै छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रदेशको सत्ता, #महेन्द्रबहादुर शाही
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्