प्रधानन्यायाधीश जवरालाई मार्गप्रशस्त गर्न न्यायाधीशहरुको आग्रह
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीचको छलफल सकिएको छ । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच छलफल भएको हो । प्रधानन्यायाधीशसँग छलफलमा बस्नु अघि १५ जना न्यायाधीशले आपसमा छलफल गरेका थिए ।
प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि दबाब बढ्दै गएको छ । सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गरेका छन् । छलफलपछि न्यायाधीशहरु फेरि आन्तरिक छलफलमा जुटेका छन् ।
यस्तै, न्यायालयमा संकट गहिरिँदै गएपछि बिदा बसेका दुई न्यायाधीश सर्वोच्च अदालत फर्किएका छन् । न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदी बिदा कटाएर मंगलबारबाट अदालत फर्केका हुन् । न्यायाधीश सुवेदी एक साताको बिदा स्वीकृत भए पनि उनी दोस्रो दिन नै अदालत फर्केको सर्वोच्च प्रशासनले जनाएको छ ।
त्यस्तै अर्का न्यायाधीश चुडालले पनि आगामी बिहीबारसम्मको बिदा लिएका थिए । तर उनी पनि मंगलबार नै सर्वोच्च फर्केका छन् । सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीशबीच खटपट भएपछि सर्वोच्चको सोमबारको इजलास र प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठक नै बस्न सकेको थिएन । सोमबार छुट्टै बैठक बसेका न्यायाधीशहरुले प्रधानन्यायाधीशले राजीनामा गरेर न्यायालयको साख जोगाउनुपर्ने निष्कर्ष निकालेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चोलेन्द्रशमशेर जबरा, #सर्वोच्च अदालतका न्यायाधीशहरु
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्