बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ३ जनाको मृत्यु, ३१ जना घाइते, कर्फ्यु आदेश जारी
काठमाडौं । बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृतकको पहिचान अझै खुलिसकेको छैन । भैरहवा मेडिकल कलेज लैजाने क्रममा गोली लागेका तीन जनाको मृत्यु भएको हो । यसैगरी एक जनाको अवस्था गम्भीर छ । मेडिकल कलेजमा अहिले ५ जना प्रहरी र ५ जना सर्वसाधारणको उपचार भइरहेको छ ।
यसैगरी लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । १५ जना सर्वसाधारण र १६ जना प्रहरी घटनामा घाइते भइ उपचारत गराइरहेका छन् । आइतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी भनिएकाहरु र प्रहरीबीच झडप हुँदै आएको थियो भने दिउँसो अवस्था नियन्त्रण बाहिर पुगेपछि स्थितिलाई नियन्त्रणमा दिन प्रहरीले गोली चलाएको थियो ।
औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो । यसैबीच तनाव शान्त नभएपछि स्थानीय प्रशासनले साँझदेखि मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । हाल घटना भएको क्षेत्रमा बाक्लो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । यतिबेला सो स्थानमा कर्फ्यु आदेश जारी गरिरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गोली चल्दा ३ जनाको मृत्यु
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्