कांग्रेसको रुकुमपूर्वमा केशरमान रोका र मुस्ताङमा रोमी गौचन थकाली सभापतिमा चयन
काठमाडौं । नेपाली कांग्रेसले दुई जिल्लामा सभापति चयन गरेको छ । शनिबार भएको जिल्ला अधिबेशनमा रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका छन् । वर्तमान सभापित रोका दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रोका पूर्व सहायक मन्त्री समेत हुन् । उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम तथा सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी सर्वसम्मत निर्वाचित भएको कांग्रेस रुकुमपूर्वले जनाएको छ ।
त्यस्तै,मुस्ताङको सभापतिमा पूर्वमन्त्री रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । २०७० मा मुस्ताङबाट प्रत्यक्ष निर्वाचित भएका थकाली संविधान निर्माणपछि प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्य मन्त्री थिए । उनी कांग्रेसमा रामचन्द्र पौडेलनिकट मानिन्छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केशरमान रोका, #रोमी गौचन थकाली
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्