कांग्रेसको रुकुमपूर्वमा केशरमान रोका र मुस्ताङमा रोमी गौचन थकाली सभापतिमा चयन

काठमाडौं । नेपाली कांग्रेसले दुई जिल्लामा सभापति चयन गरेको छ । शनिबार भएको जिल्ला अधिबेशनमा रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका छन् । वर्तमान सभापित रोका दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रोका पूर्व सहायक मन्त्री समेत हुन् । उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम तथा सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी सर्वसम्मत निर्वाचित भएको कांग्रेस रुकुमपूर्वले जनाएको छ ।
त्यस्तै,मुस्ताङको सभापतिमा पूर्वमन्त्री रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । २०७० मा मुस्ताङबाट प्रत्यक्ष निर्वाचित भएका थकाली संविधान निर्माणपछि प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्य मन्त्री थिए । उनी कांग्रेसमा रामचन्द्र पौडेलनिकट मानिन्छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केशरमान रोका, #रोमी गौचन थकाली
ताजा खबर
- १चोरबाटोबाट अधिकृतदेखि सचिवसम्मको तलव बढाउन निर्देशन, चर्को बिरोधपछि भयो फिर्ता
- २अपमानजनक नाम र थर राखेर जारी भएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन
- ३बर्खास्तमा परेका हाकिम नै हाजिर गर्न कार्यालयमा, के–के गरे काम ?
- ४५ महिनापछि अघि बढ्यो प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, पठाइयो समितिमा
- ५सिंहदरबारमै खेलिन्छ कानुनले बन्देज गरेको तास,भौतिक मन्त्रालय पुग्दा भयो भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्