माओवादीमा प्रचण्ड नै सर्बैसर्बा,अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष छान्न पनि जिम्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै सर्बैसर्बा छन् । पार्टीमा उनीको प्रतिष्पर्धी नेता नै नहुँदा उनी एक्लौटी निर्णय गर्दै आइरहेका छन् । पार्टीका निर्णय होस् या जनवर्गीय संगठनका नै किन नहुन उनै अध्यक्ष प्रचण्डले गर्दै आएका छन् । माओवादीको भातृसंगठन वाइसिएलको केही दिनअघि सकिएको सम्मेलनमा समेत अध्यक्ष प्रचण्डले संयोजक आफै छनौट गरेका थिए ।
अहिले पनि माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मेवारी प्रचण्डलाई नै दिइएको छ । विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनका लागि बिद्यार्थीहरु काठमाडौंमा आएका छन् । तर, बिद्यार्थीलाई छनौटको जिम्मा नदिई प्रचण्डले नै टिका प्रथाबाट अध्यक्ष छनौट गर्न लागेका हुन ।
प्रवक्ता कृष्णबहादुर महराले उपाध्यक्षबाट हट्नेदेखि नेतृत्व ल्याउन अध्यक्ष प्रचण्डलाई नै निर्णय गर्ने जिम्मेवारी दिइएको बताए । बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको छ । क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, दिपेश पुन, पन्चा सिंह र तिलक भण्डारी मुख्य दाबेदार छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अनेरास्ववियू क्रान्तिकारी, #प्रचण्ड, #वाइसिएल
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्