जेष्ठ नागरिक दिवस औपचारिकतामा सिमित, सम्मान नै गर्न छोडियो
काठमाडौं । शुक्रबार ३१ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । नारा कै लागि भए पनि सरकारले यो दिवस मनायो । केही गण्यमान्य जेष्ठ नागरिकलाई अभिनन्दन समेत ग¥यो । तर, परिवार र समाजबाट अपहेलित जेष्ठ नागरिकले आजको दिन पनि त्यही कष्टमा बिताए, जसरी हिजोका दिन बिताएका थिए ।
विश्वले अति सम्मानका साथ व्यवहार गर्ने कतिपय जेष्ठ नागरिक अहिले पनि सक्रिय जीवन बिताइ रहेका छन् । हाम्रै मुलुकमा कतिपय जेष्ठ नागरिकले उमेरले जोस र जाँगरलाई छेक्न सक्दैन भन्ने सन्देस समेत दिएका छन् । त्यही श्रेणीमा पर्छन्, संस्कृतिविद् सत्यमोहन जोशी । १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका संस्कृतिविद् सत्यमोहन जोशी अहिले उमेरले १ सय २ वर्षमा हिँडि रहेका छन् । तर, उनको जोस र जाँगर कुनै तन्नेरीभन्दा कम छैन । उनलाई भेट्दा लाग्छ, उनी जति सुखी जेष्ठ नागरिक अरु को नै होला र ? दीर्घजीवनका लागि स्वस्थ आहार र निरन्तरको चिन्तन मनन आवश्यक हुने उनको अनुभव छ ।
सबै जेष्ठ नागरिक सत्यमोहन जोशी झैँ भाग्यमानी पनि छैनन् । उर्जाशील उमेर घर परिवार र सन्तानका लागि खर्चिएका कतिपय जेष्ठ नागरिक आफ्नै घर परिवार र समाजबाट अपहेलित छन् । आफूले बनाएको सपनाको संसारभन्दा टाढा वृद्धाश्रममा जीवन बिताउन बाध्य भइरहेका छन् । दुई वचन मिठो बोल्ने र मनलाई बहलाइ दिने सन्तानको खोजीमा आँखा सधैँ रसाउन बाध्य छन् । तर, आधुनिकीकरणले अन्धो बनाएको सन्तान र समाजलाई यस्ता जेष्ठ नागरिकको आँसु पुछ्ने समय समे छैन ।
कतिपयका सन्तान विदेशमा धन कमाउन व्यस्त छन् । बाबुआमा बृद्धाश्रममा जीवनको अन्तिम श्वास लिइरहेका छन् । त्यसैले होला सत्यमोहन जोशी र यी बृद्धाहरुको मुहारमा देखिने चमक नै फरक देखिने कारण । सत्यमोहन जोशी आज पनि त्यही बखुम्बहालको घरमा सन्तानसहित हाँसी खुसी दिन बिताइ रहेका छन् । सन्तानका माया नपाएका आमाबाबुहरु भने बृद्धाश्रममा वियोगको आँसु बगाइ रहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताउँदै ३१ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएका छन् । उमेरका आधारमा आफूसमेत जेष्ठ नागरिक रहेका प्रधानमन्त्री देउवाले यो दिवसको शुभकामना दिँदै ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्व दिँदै नागरिक स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्ता, सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने, हरेक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र अन्य स्वास्थ्य संस्थामा पनि ज्येष्ठ नागरिकका सुविधा र उपकरणको स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सबै ज्येष्ठ नागरिकलाई निःशुल्क प्रिमियमसहितको बिमा गराउने, यातायात सेवामा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण र भाडा छुट जस्ता सुविधाको व्यवस्थालाई महसुस हुने गरी कार्यान्वयन गरिने उनले उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघले यो दिवसका लागि यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा तय गरेको छ । यही कारण प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यक्रम सञ्चालन गर्दा ज्येष्ठ नागरिकलाई समेत प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन् ।
हाल कोभिड–१९ को महामारीबाट विश्व आक्रान्त रहेको अवस्थामा समस्त ज्येष्ठ नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बन गरी स्वस्थ रहन अनुरोध गर्दै उनले ज्येष्ठ नागरिकलाई प्राथमिकताका साथ सेवा सुविधा प्रदान गरी उच्च सम्मान व्यक्त गर्न सम्बद्ध सबै सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जेष्ठ नागरिक दिवस
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्