परराष्ट्र मन्त्रालयको निर्देशनः एनआरएनएको निर्वाचन प्रक्रियाअघि नबढाउनु
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन तातिएका बेला परराष्ट्र मन्त्रालयले रोक्न निर्देशन दिएको छ । मन्त्रालयले निर्वाचन प्रतिनिधिको विवाद निरुपण नभएसम्मको लागि निर्वाचन सम्बन्धी कुनै प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो । यसअघि विधानविपरीत केन्द्रीय प्रतिनिधिको नामावली प्रकाशन गरिएको भन्दै १० औ विश्व सम्मेलनमा अन्यायमा परेका एनआरएनए डेलिगेटसलाई राख्न माग गर्दै मन्त्रालयमा उजूरी परेको थियो ।
उजुरीमा विधान विपरीत आएका प्रतिनिधिलाई मान्यता दिइएको र एनसीसीहरुले विधानसम्मत रुपमा चयन गरी पठाएको डेलिगेट्सहरुको नामावली सचिवालयले आफूखुसी हेरफेर गरेको व्यहोरा उल्लेख थियो । निर्णय नसच्चिएसम्म विश्व सम्मेलन अगाडी नबढाउन पनि उजूरीमार्फत समेत माग गरिएको थियो । एनआरएनएका विभिन्न २५ देशका अध्यक्षलगायत प्रतिनिधिहरुको नाम संलग्न गरी गरिएको उजुरीमा विभिन्न १९ वटा कमजोरीहरू उल्लेख गरिएको थियो ।
एनआरएनए आइसीसी पूर्व सचिव जानकी गुरुङ,कतारबाट मानार्थ सदस्य नवराज ओली (शनि) र अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेलले सो उजुरी दिएका थिए । मन्त्रालयले सो उजुरीलाई आधार मान्दै तत्काल निर्वाचन सम्बन्धि प्रक्रिया अघि नबढाउन र मतदाता नामावली छानविन गर्न समेत एनआरएनए आईसिसिलाई निर्देशन दिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #(एनआरएनए)को निर्वाचन, #गैर आवासीय नेपाली संघ
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल




तपाईको कमेन्ट लेख्नुहोस्