भेटिएनन् यसबर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी, किन जनताको सेवक बन्न सकेन स्थायी सरकार
काठमाडौं । सरकारले ‘व्यवसायीक र सिर्जनशील प्रशासन: विकास समृद्धि र सुशासन’ भन्ने पाँच वर्षे नाराका साथ मंगलबार निजामति सेवा दिवस मनाएको छ । दिवसको अवसर पारेर सरकारले हरेक वर्ष सर्वाेत्कृष्ट र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गर्ने गरेको छ । सरकारले विगत ५ वर्षदेखि सर्वाेत्कृष्ट कर्मचारी फेला पार्न सकेको छैन । सरकारको यो असफलताले यस वर्ष पनि निरन्तरता पायो ।
नेपालमा मंगलवार निजामती सेवा दिवस मनाइयो । नेपालमा २०६२ सालदेखी हरेक बर्ष भदौ २२ गते बिभिन्न कार्यक्रमसहित यो दिवस मनाइँदै आइएको छ । तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यो दिवस मनाउन थालिएको हो । यो दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने तथा सेवानिवृत कर्मचारीलाई पनि सम्मान गर्ने गरेको छ ।
प्रशासन विज्ञका अनुसार सेवामा राजनिति हावी भएको हुनाले कर्मचारीहरुको सरुवा, बढुवा गर्न समेत राजनीतिक दलसँग नजिक हुनुपर्ने बाध्यता रहेको बताउँछन् । कोरोना महामारी कारण सरकारी कर्मचारीले १७ औं निजामति सेवा दिवस कार्यालय मै मनाए । सरकारले यस वर्षको निजामती सेवा दिवसमा पुरस्कारका लागि उत्कृष्ट ४० जना कर्मचारी छनोट गरेको थियो । तर सर्वोत्कृष्ट निजामती कर्मचारी भने सरकारले फेला पार्न सकेन । सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको यो लगातार पाचौँ वर्ष हो ।
सरकारले निजामति ऐन समेत ल्याउन नसकेको हुँदा कर्मचारी तन्त्र प्रभावित भईरहेको जानकारहरु बताउँछन् । दुई लाख रुपैयाँसहित एकजनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिने व्यवस्था निजामती सेवा नियमावलीमा भए पनि सर्वोत्कृष्ट बाहेक ४० जना उत्कृष्ट कर्मचारीलाई मंगलबार पुरस्कृत गरियो । तर, १ लाखको दरबन्दि रहेको निजामति कर्मचारीको संख्या अहिले घटेर आधा बनेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख
ट्याग : #निजामति सेवा दिवस
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्