देउवा, प्रचण्ड र नेपाल बालुवाटारमा, मन्त्रिपरिषद् विस्तारबारे छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका छन् । देउवाले नेपाल पक्षले एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएको भोलिपल्ट मन्त्रिपरिषद् विस्तारबारे छलफल थालेका हुन् ।
सरकार गठन भएको एक महिनाभन्दा बढी हुँदा पनि मन्त्रिपरिषद् विस्तार नगरेको भन्दै आलोचना भइरहँदा देउवाले सत्ता टिकाउन अध्यादेश ल्याएर एमाले र जसपा फुटाउन सहज बनाइदिएका थिए । ती दल फुटेलगत्तै नेता त्रय मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफलमा जुटेका हुन् । मन्त्रालय भागबण्डा मिले आजै मन्त्रिपरिद्ले पूर्णता पाउन सक्ने जनाइएको छ ।
नेपालको प्रस्तावित समाजवादी पार्टीले बैधता पाउन केही दिन लाग्ने भएकाले तत्काललाई माओवादी र जसपाको उपेन्द्र यादव समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने कि भन्नेमा छलफल केन्द्रित भएको बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा, #मन्त्रिपरिषद् विस्तार
ताजा खबर
- १मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायमै
- २धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल
- ३तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- ४राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ५रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल



तपाईको कमेन्ट लेख्नुहोस्