Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

माधवकुमार नेपालद्धारा नयाँ पार्टी नेकपा एमाले (समाजवादी) निर्वाचन आयोगमा दर्ता

५८ जना केन्द्रीय सदस्य, दोस्रो तहका नेताहरुको असहमति


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । बुधबार दिउँसो नेपालले निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् । नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । दलले मान्यता पाएपछि सरकारमा जाने तयारीमा नेपाल पक्ष रहेको छ । झलनाथ खनाल बरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहनेछन् ।

साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् । नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिएका स्थायी कमिटी सदस्यहरू पार्टी विभाजन गर्ने निर्णयमा भने असहमत भएका छन् । नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए ।
ओली दक्षिणपन्थी भएको ठहर
अध्यक्ष नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाएको निवेदनमा समाजवादी पार्टी दर्ता गर्नुपर्नाको कारण समेत खुलाएका छन् । उनले निवेदनमा भनेका छन्, ‘केपी ओलीले नेतृत्व गरेको समूहभित्र बसेर पार्टीले अङ्गीकार गरेको समाजवादी कार्यदिशाको रक्षा र विकासका लागि काम गर्न सक्ने अवस्था देखिएन ।’

उनले नेकपा एमालेको नेतृत्वमा केपी ओली आएपछि नवौँ महाधिवेशनको राजनीतिक मार्गदर्शन र विधानविपरित पार्टीलाई दक्षिणपन्थी भासमा पुर्‍याएको बताएका छन् । ‘यसर्थ हामी केन्द्रीय सदस्यहरूको नयाँ राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादी ९समाजवादी० निर्माण गर्ने निर्णय गर्न बाइ भएका छौ ।’नेपालले भनेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #नेपालद्धरा नयाँ पार्टी नेकपा एमाले (समाजवादी)

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं