लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी, यी हुन सम्भावित मन्त्रीहरु
काठमाडौं । लुम्बिनीमा गठबन्धन दलले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन दावी पेस गरेका छन् । नयाँ सरकार गठनका दावी पेस गर्न प्रदेश प्रमुखले दिएको २४ घण्टाको समयसीमा ३ बजे सकिँदै थियो । ११ बजे प्रदेश प्रमुख अमिक शेरचनसमक्ष गठबन्धनले सरकारको नयाँ नेतृत्वको लागि दावी गरेका हुन् । यो दाबी सहित केसी मुख्यमन्त्री बन्ने पक्का भएको छ । आजै सानो आधारको मन्त्रिमण्डल बनाउने उनीहरूको तयारी छ ।
गठबन्धनमा सहभागी तीनै दल माओवादी, कांग्रेस र जसपाबाट एक एकजना मन्त्री बनाउने तयारी गरिएको छ । मुख्यमन्त्रीको नियुक्ति लगत्तै चार सदस्यीय मन्त्रिमण्डल गठनको तयारी गरिएको छ । पहिलो चरणमा नेपाली कांग्रेसबाट डिल्ली चौधरी, फखरूद्दिन खान, वीरबहादुर रानामध्ये एकजना, माओवादीबाट सुदर्शन बराल, दामा शर्मा र तुलाराम घर्तीमध्ये एकजना र जसपाबाट सहश्राम यादव मन्त्री बन्ने बताइएको छ ।
कांग्रेसबाट पहिलो प्राथमिकतामा दाङबाट निर्वाचन जितेका डिल्ली चौधरी परेका छन् । उनलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने तयारी छ । चौधरी हाल लेखा समिति सभापति छन् । माओवादीका बराल यसअघि मन्त्री बनिसकेकाले महिलाको प्रतिनिधित्व गर्दै दामा शर्माको बढी सम्भावना छ । एक सांसद रहेर गठबन्धनमा बसेको जनमोर्चाले भने तत्काल सरकार नजाने बताएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कुलप्रसाद केसी, #नेकपा माओवादी केन्द्र
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्