लुम्बिनी प्रदेशमा बिपक्षी गठबन्धन सरकार बनाउन दौडधुपमा, २२ घन्टाभित्र सरकार गठन गर्न आह्वान
काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गरेपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् ।
संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् । यससँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल थालेका छन् ।
मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए । पोखरेलको पक्षमा नेकपा एमालेका ३९ प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रका नेता कुलबहादुर केसी मुख्यमन्त्रीका रुपमा अघि सारिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रदेश प्रमुख अमिक शेरचन, #शंकर पोखरेलले पदबाट राजीनामा
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्