कसले पाउला जसपा, निर्वाचन आयोगले हेड काउन्टका आधारमा विवाद निरुपण गर्ने
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवादको टुंगो आज लगाउने भएको छ । हेड काउन्टका आधारमा आयोगले आज आधिकारिकता विवाद टुंग्याउने भएको हो । यसका लागि दुवै पक्षले आ–आफनो तयारी गरेका छन् ।
अध्यक्ष उपेन्द्र यादवले आफू पक्षीय सांसद एवं केन्द्रीय कार्यकारिणी परिषदका सदस्यहरु ठाकुर पक्षको प्रभावमा नपरुन भनेर सबैलाई गोदावरीको रिसोर्टमा राखेका छन् । उनीहरु त्यहींबाट आयोग पुग्नेछन् ।
रिसोर्टमा भेला भएका कार्यकारिणी परिषदका सदस्य एवं सांसदलाई अध्यक्ष यादव र नेता बाबुराम भट्टराईले प्रशिक्षण समेत दिएका छन् । अर्का अध्यक्ष महन्थ ठाकुरले भने हेड काउन्टको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उनको रिटमा अन्तरिम आदेश नमानेपछि यादव पक्षलाई सहज भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी जसपा, #निर्वाचन आयोग
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्