एमालेमा अझै एकताको प्रयास जारी राख्ने ओलीको निर्णय,२२ सांसदको स्पष्टिकरणमा कुनै निर्णय भएन
काठमाडौं । नेकपा एमालेले पार्टी एकताका लागी भएको १० बुदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका लागि निरन्तर प्रयास गर्ने निर्णय गरेको छ । मंगलबार ललितपुरमा बसेको एमालेको केन्द्रिय कमिटीको दोस्रो दिनको बैठकमा सहमतिका बारेमा छलफल भएको र यसलाई कार्यान्वयनमा लगेर एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकमा कार्यदल संयोजक सुवास नेम्वाङले पार्टी एकताका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए । त्यस्तै बैठकमा प्रदेशको प्रतिनिधित्व गर्ने प्रदेश अध्यक्षहरुले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्ट पेश गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकमा उठेका प्रश्नको बुधबार महासचिवले जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै सरकारले भूमि समस्या समाधान आयोग बिघटन गर्न खोजिएको चर्चा चलिरहदा आयोगले गरेको कामको बारेमा आयोगका अध्यक्ष देवी ज्ञवालीले जानकारी गराएको प्रवक्ता ज्ञवालीले बताए ।
बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई गर्ने कारवाहीका बारेमा कुनै निर्णय नभएको प्रवक्ता ज्ञवालीको भनाई छ । ज्ञवालीले स्पष्टिकरणको २४ घन्टा पूरा नभएकाले कारवाहीको कुनै निर्णय नभएको बताएका हुन् । सांसदहरुले स्पष्टीकरणको पत्र पाएको २४ घन्टासम्म पर्खिने उनले बताए । बैठक बुधबार ३ बजे पुन बस्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा एमाले
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्