जतिसक्दो छिटो खोप उपलब्ध गराउने मोदीको प्रतिबद्धता, देउवा मोदीबीच टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जतिसक्दो छिटो कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । समकक्षी शेरबहादुर देउवासँग भएको टेलिफोन संवादमा मोदीले भारतले दिन बाँकी १० लाख अस्ट्राजेनेका (कोभिसिल्ड) खोपको मात्रा जतिसक्दो चाँडो उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।
संवादमा मोदीले देउवालाई बधाई तथा शुभकामना दिएका थिए । साथै, द्धिपक्षीय हितलाई थप प्रगाढ बनाउने बारेमा पनि दुई समकक्षीबीच छलफल भएको बताइएको छ । टेलिफोन संवादपछि भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै कोरोना महामारीविरुद्ध दुई मुलुक मिलेर लड्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् ।
वृहत हितका साझा विषयमा समेत मिलेर अघि बढ्ने दुई प्रधानमन्त्रीबीच छलफल भएको छ । भारतले नेपाललाई १० लाख डोज अस्ट्राजेनेका खोप दिन अझै बाँकी छ । भुक्तानी लिइसकेर पनि भारतले खोप आपूर्ति गरेको छैन । मोदीले आइतबार राती संसदमा विश्वासको मत हासिल गरेपछि देउवालाई ट्वीटमार्फत बधाई दिएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कोरोना विरुद्धको खोप, #मोदीले देउवालाई बधाई तथा शुभकामना
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्