काँग्रेस केन्द्रीय सदस्य घिमिरे माथि गुण्डा नाइके ‘सगुन’ र ‘झिङ्गे’को समूहबाट आक्रमण
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यको बिषयमा बागमती प्रदेशमा बिबाद टुंग्याउन गठन भएको समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य श्याम घिमिरे माथि आक्रमण भएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ को क्रियाशील सदस्यताको बिषयलाई लिएर भक्तपुरका गुण्डा नाइके सगुन श्रेष्ठ र झिङ्गे भनिने सञ्जय लामालगायतको समुहले संयोजक घिमिरे माथी हातपात गरेका हुन् । सगुन श्रेष्ठ र झिङ्गे दुबै जना प्रहरीको गुण्डाहरुको सूचीमा क वर्गमा सूचीकृत व्यक्त हुन् ।
अहिले सगुन श्रेष्ठ र झिङ्गे सिन्धुपाल्चोकका काँग्रेस नेता मोहन बस्नेतको निकट मानिन्छन् । आक्रमण गर्नेमा सिन्धुपाल्चोकका नेता हरिशरण श्रेष्ठ, बालकृष्ण बस्नेत, प्रेमध्यज लामा, ज्ञानेन्द्र थापासँगै र सानु सगुनलगायतको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । छानबिन समितिमा क्रियाशील सदस्यता वितरणमा मनपरी गरेको उजुरी परेको थियो । उजुरीपछि समितिले मनपरी ढंगले सदस्यता बितरण गरेको ठहर गर्दै नयाँ क्रियाशील सदस्यलाई रद्ध गरी पुरानै सदस्यतालाई कायम गर्ने निर्णय गरेपछि विवाद बढेको थियो । विवाद बढ्दै जाँदा काठमाडौंको गौशाला पिंगलास्थानमा घिमिरेमाथि हातपात भएको हो ।
घिमिरेमाथीको आक्रमण संलग्न रहेका झिङ्गे बौद्धलाई आधारक्षेत्र बनाएर गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् । सिन्धुपाल्चोकका तरुण दल उपाध्यक्ष समेत रहेका श्रेष्ठ पछिल्लो समय आफ्नो आपराधिक ग्याङलाई मजबुत बनाउन झिङ्गेसँग मितेरी साईनो गाँसेर आपराधिक क्रियाकलाप गर्दै आइरहेका छन् । श्रेष्ठलाई उपाध्यक्षमै रहेका बखत पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएपछि तरूण दल केन्द्रीय कार्यसमितिले कारबाही गर्दै उपाध्यक्षबाट बर्खास्त समेत गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #घिमिरेमाथि हातपात
ताजा खबर
- १वैकल्पिक शक्तिहरुलाई कुलमानको आह्वानः ‘परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिऔँ’
- २सरकारले निर्वाचनको वातावरण बनाओस्ः प्रगतिशील लोकतान्त्रिक पार्टी
- ३राप्रपाले ज्ञानेन्द्र शाहीलाई दियो आन्दोलनको कमाण्ड, मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
- ४सरकारले कुनै आग्रह–पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छः प्रचण्ड
- ५पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय



तपाईको कमेन्ट लेख्नुहोस्