सुरु भएन देउवाको सपथ, प्रधानमन्त्री नियुक्तिको पत्र नसच्याएसम्म सपथ नलिने अडान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा सपथ लिन अस्वीकार गरेका छन् । संविधानको धारा उल्लेख भएको नियुक्ति नदिएसम्म आफूले शपथ नलिने उनले बताएका छन्। देउवाले शपथ लिन नमानेपछि शपथग्रहण कार्यक्रम रोकिएको छ । राष्ट्रपति कार्यालयले संविधानको धारा नै उल्लेख नगरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि विवादित बनेको छ।
यद्यपि ६ बजे हुने भनिएको शपथका लागि देउवा शीतलनिवास गएका छन्। राष्ट्रपति कार्यालयको विज्ञप्तिप्रति असहमति जनाउँदै देउवाले सच्याउनका लागि मुख्यमसचिव शंकरदास बैरागीमार्फत् दबाब सिर्जना गरेका थिए। राष्ट्रपति कार्यालयले धारा उल्लेख गरेर देउवालाई अर्को नियुक्ति दिने तयारी गरेको बताइएको छ।
यसअघि संवैधानिक कानुनविद् टीकाराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा गरेको नियुक्ति गैरसंवैधानिक भएको बताएका थिए। सर्वोच्च अदालतको फैसलाले नेपालको संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रिया सुरु गर्न स्पष्ट भनेको छ। राष्ट्रपतिले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख छैन,ु उनले भनेका थिए, त्यसैले यो नियुक्ति गैरसंवैधानिक छ। गैरसंवैधानिक नियुक्तिका आधारमा देउवाले शपथ लिनुहुँदैन।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राष्ट्रपति विद्यादेवी भण्डारी, #शेरबहादुर देउवा, #सुरु भएन देउवाको सपथ
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्