प्रधानमन्त्री ओली पुगे बाढी पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाढी र पहिरोले क्षति गरेको क्षेत्र अवलोकनका लागि सिन्धुपाल्चोक पुगेका छन् । बाढी र पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट सिन्धुपाल्चोक पुगेका हुन ।
प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी र पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस वर्ष सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपाल लगायत अरु ७ जिल्लामा घर क्षति भएका परिवारलाई राहत स्वरुप पहिलो किस्तामा प्रतिपरिवार ५० हजार रुपैयाँ अस्थायी घर बनाउन रकम निकासा भएको छ ।
मनसुन सुरु भएलगत्तै गएको असार पहिलो हप्ता आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनासहित विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको थियो । सिन्धुपाल्चोकसहित यसवर्ष दाङ, प्युठान, दैलेख, बाजुरा, लमजुङ, अर्घाखाँची र हुम्लामा गरी ५ सय ७३ परिवारको घर क्षति भएको छ । पीडितलाई अस्थायी आवास बनाउन २ करोड, ८६ लाख रुपैयाँ पठाएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यस्तै अघिल्लो वर्षको बाढी र पहिरोबाट घरबारविहीन २२ जिल्लाका चार हजार ९ सय ३७ लाभग्राहीको घर बनाउन झण्डै ३० करोड रुपैयाँ पठाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा, #बाढी र पहिरो
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्