एमालेमा सहमतिको खाका तयार पार्दै कार्यदल, ओली र नेपालले संयुक्त बिज्ञप्ती जारी गर्ने
काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद मिलाउन आज पनि कार्यदलको बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको भेटमा भएको छलफल अनुसार आज कार्यदलले सहमतिको खाका तयार पार्नेछ । आजको वार्ता निर्णायक हुन सक्ने कार्यदल सदस्यहरुको विश्वास छ ।
पार्टी अध्यक्ष केपीशर्मा ओली र वरिष्ठ नेत माधवकुमार नेपालबीच हिजो बेलुकी २ घण्टा छलफल भएको थियो । सुरुमा दुवै तर्फका दुई/दुई जना कार्यदल सदस्यहरु सहित छलफल भएपछि दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको थियो ।
अध्यक्ष ओलीले नेपालसँगको वार्तापछि केहीबेर कार्यदलका सदस्यहरुसँग पनि छलफल गरेका थिए । छलफलबाट बाहिरिने क्रममा नेपाल पक्षीय कार्यदल संयोजक भीम रावल र सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक विवाद सहमति नजिक पुगेको बताएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा एमाले
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्