एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक निष्कर्ष विहिन, सहमतिको पत्रबारे कुरै हुन सकेन
काठमाडौं । नेकपा एमाले विवाद मिलाउन गठित कार्यदल सहमतीको नजीक पुगेको छ । मंगलबार अर्थमन्त्रालयमा बसेको बैठकमा विवादीत विषयमा बुद्धागत छलफल भएको सहभागी नेताले जानकारी दिएका छन् । एमालेलाई फेरि एक बनाउन जेठ २ मा फर्किने तथा विपक्षी नेता शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिनेसम्मका विषयमा सहमति पुगेको बताइएको छ । पार्टी अन्र्तद्धन्द समाधानका लागी सोमबार मात्र नेकपा एमालेको विवाद समाधान कार्यदल ब्युताईएको थियो ।
जेठ ७ गते मध्यरातमा प्रतिनीधि सभा विघटन भएपछि निष्क्रीय बनेको कार्यदल आईतबार राती अध्यक्ष केपी ओली र उपाध्यक्ष भिम रावल बिच बालुवाटारमा भएको छलफल पछि ब्युतिएको हो । कार्यदल ब्युतिएपछि पहिलो बैठक सोमबार राती नै सिंहदरबारमा बसेको थियो । बैठकमा पछिल्लो घटनाक्रमको सामान्य समीक्षा भएपनि नियमित एजेण्डामा प्रवेश गरेको थिएन । तर, मंगलबारको बैठकमा विवादित विषयहरुमा बुँदागत रुपमा छलफल भएको बताइएको छ । बैठक पछि उपाध्यक्ष भिम रावलले एमाले भित्र भएका विभिन्न घटना एंवम समस्या समाधानको विषयमिा छलफल भएको जानकारी दिए ।
प्रतिनीधि सभा विघटनका विषयमा बारे विपरीत मान्यता राख्ने एमालेका दुई पक्ष बीच सर्वोच्च अदालतले दिएको निर्णयलाई स्वीकार गर्ने गरी सहमतीको प्रयास थालिएको छ । सोही अनुरुप मंगलबार एमाले एकताको खाका तयार पारिएको छ । मंगलबारको सहमति अनुसार नेपाल पक्षले सर्वोच्च अदालतको फैसला पछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फीर्ता लिनेछ । खनाल–नेपाल समुहले प्रमुख रुपमा उठाएको पार्टीलाई माओवादी केन्द्रसंग एकतापुर्वको अवस्थामा फकार्उनु पर्ने मागलाई स्वीकार गर्न ओली तयार रहेको बताइएको छ ।
मंगलबार बसेको बैठकमा एमालेको समस्या समाधानका लागी विभीन्न विकल्पहरुमा छलफल भएको सचिव गोकर्ण विष्टले जानकारी दिएका छन् । सहमतिलाई निचोडमा पु¥याउन बैठक बुधबार बिहान साढे ८ फेरि बस्दै छ । सबै विषय कार्यदलले टुंग्याए त्यसमा आफ्नो सहमति हुने अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालले बताइ सकेका छन् । कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् भने वरिष्ठ नेताद्धय खनाल–नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कार्यदल, #नेकपा एमाले
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्