प्रधनमन्त्री ओलीले दिएको अल्टिमेटम ५ आज बजेसम्म, हस्ताक्षर फिर्ता नहुने नेपाल पक्षको जवाफ
काठमाडौं । प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज सकिदैछ । प्रधानमन्त्री ओलीले हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटम आज साँझ ५ बजे सकिन लागेको हो । गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठक मार्फत अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता लिन आजसम्मको समयसीमा तोकेका थिए ।
हस्ताक्षर फिर्ता नलिए हस्ताक्षरकर्ताहरु एमालेमा नरहने चेतावनी समेत उनले दिएका थिए । ओलीको अल्टिमेटममा माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ । यसले एमाले भित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने भएको छ । यसबीचमा पार्टी एकताको सन्देश दिन भन्दै दोस्रो तहका नेताहरुले ओली र नेपालको संयुक्त हस्ताक्षरित विज्ञप्ति निकाल्न गरेको प्रयास समेत असफल भएको छ । सर्वोच्च अदालतको फैसला आउने सम्मुखमा ओली पक्षबाट संयुक्त विज्ञप्तिका लागि भएको प्रयासलाई नेपाल पक्षले शंकाको दृष्टिले हेरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमाले अध्यक्ष केपी शर्मा ओली, #शेरबहादुर देउवा
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्