एमाले विवाद मिलाउन दौडधुप, ६ नेता पुगे माधव नेपाल निवास कोटेश्वर
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई सहमतिमा ल्याउन नेताहले दौडधुप जारी राखेका छन् । बालुवाटार केन्द्रीय कमिटि बैठक सकिएको भोलिपल्ट अर्थात् आज नेकपा एमाले वार्ता टोलीका ६ जना नेताहरु कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा पुगेका छन् । बरिष्ठ नेता नेपालसँग छलफल गर्नका लागि केपी ओली पक्षका शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल कोटेश्वर पुगेका छन् । साथमा माधव नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य पनि सहभागि छन् ।
शनिबार दुई पक्षका ६ जना नेताहरुबीच ललितपुरको समिट होटलमा वार्ता भएको थियो । सो वार्तामा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षरलाई सहमतिको पूर्व शर्त बनाउने सहमति भएको थियो । यसबारेमा प्रधानमन्त्री ओलीसँग कुरा राख्ने भन्दै शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल बालुवाटार गएका थिए । तर, बालुवाटारमा अपरान्ह बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले हस्ताक्षर फिर्ता नभएसम्म कुनै कुरा नगर्ने भन्दै माधव पक्षलाई कारवाही गरिने बताएका थिए । वार्ताको भ्रममा नपर्न समेत ओलीले भनेका थिए ।
आइतबार बिहानै ओली पक्षका तीन नेताहरु माधव नेपालको निवासमा छलफलका लागि पुगेको बताइएको छ । ओली पक्षीय नेता शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल पार्टी एकताको पक्षमा छन् । तर, केपी ओली, विष्णु रिमाल लगायतका नेताहरु भने हस्ताक्षर फिर्ता नलिए माधव नेपाल समूहलाई कारवाही गरेरै भएपनि अगाडि बढनुपर्ने बताउदै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष केपी शर्मा ओली, #माधव नेपाल निवास कोटेश्वर
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्