Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

बिद्यार्थी भर्नामा निजी बिद्यालयहरुको मनोमानी, सेन्ट जेभियर्स स्कुलले गर्यो गोलाप्रथा

लक्कीड्रबाट बिद्यार्थी भर्ना गर्दा उच्चपदस्थ ब्यक्तीलाई भने कोटा छुट्टाइयो


काठमाडौं । प्राय सबै अभिभावकको ईच्छा हुन्छ आफ्ना छोराछोरीलाई सेन्ट जेभियर्स स्कूलमा भर्ना गरी पठनपाठन गराउन पाए हुन्थ्यो । तर, यो केवल हुने खाने, राजनीतिक रुपमा शक्तिमा रहेकाहरु र पैसावालका छोराछोरी मात्रै पढ्ने विद्यालयका रुपमा चिनाइरहेको छ । क्रिश्चियन समुदायद्धारा सञ्चालित सेन्ट जेभियर्स स्कूलमा जब विद्यार्थी भर्नाको समय आउँँछ, अनि सर्वत्र यसको चर्चा परिचर्चा हुने गर्दछ ।

कतिसम्म भने बाहिर स्वच्छ प्रतिष्पर्धा गराउछु भन्दै ढोङ पिट्ने विद्यालयले भित्रि रुपमा भने नेताका छोराछोरी, शिक्षा मन्त्रालयका पदाधिकारी, सचिव तथा पूर्व सचिव, जिल्ला प्रशासन कार्यालय र ललितपुर प्रहरीका उच्च तहका अधिकारीको भनसुनदेखि लिएर ललितपुर महानगरपालिकालाई कोटा नै छुट्याएर कक्षा १ मा भर्ना लिदै आइरहेको छ । तर, भित्रि रुपमा भने मोटो रकम डोनेसन लिएर आफना छोराछोरी यहाँ पढाउनेहरुको पनि कमी छैन ।

पावर, पहुँच तथा पैसाको भरमा मात्रै नयाँ विद्यार्थी भर्ना गर्ने जेभियर्सको धन्दा नै हो ।

जेभियर्सले सधै सरकारलाई झुक्याउँदै भित्रि रुपमा आफनो मनोमानी गर्ने र पावर, पहुँच तथा पैसाको भरमा मात्रै नयाँ विद्यार्थी भर्ना गर्ने जेभियर्सको धन्दा नै हो । सधै नयाँ शैक्षिक सत्रमा कक्षा १ मा मात्रै विद्याथी भर्ना लिने दाबी गर्ने विद्यालयले डोनेसन र राजनीतिक दबाब भनसुनका आधारमा भने बिभिन्न कक्षामा भर्ना लिदै आइरहेको प्रष्ट देखिन्छ । यस पटकको नयाँ शैक्षिक सत्रमा भने सेन्ट जेभियर्स स्कूलले विद्यार्थी भर्नाका नाममा अनौठो, नौटंकी प्रदर्शन मात्रै गरेन एक राष्ट्रिय टेलिभिजन मार्फत त्यस नौटंकी र शिक्षा क्षेत्रका लागि लाजमर्दो हर्कतको प्रत्यक्ष प्रशारण समेत गर्यो ।

विद्यार्थी छनौटका नाममा अनलाईन मार्फत परिक्षा लिएको सेन्ट जेभियर्सले बिभिन्न बरिष्ठ ब्यक्तिहरुलाई नै साक्षी बनाएर गोला प्रथाको माध्यमवाट विद्यार्थी छनौट गरेको नाटक मञ्चन गरेको छ । यो हेर्दा लाग्थ्यो कुनै बस्तुको बिज्ञापन हो र त्यसमा धेरै सहभागी रहेकोमा निश्चितलाई गोलाप्रथाका माध्यमवाट बिजयी घोषणा गरिदैछ । हेर्दै र सुन्दै लाजमर्दो हर्कत गरेको सेन्ट जेभियर्सले आफ्नो यस दुष्कर्ममा पत्रकारदेखि बरिष्ठ शिक्षासेवीको समेत राम्रै दुरुपयोग गर्यो ।

जेभियर्सले गरेको यस किसिमको लक्कीड्रको पद्धतीले सबै क्षेत्र र समुदायलाई क्रिश्चियन धर्मको पहुँचमा ल्याई आफनो बर्चस्व कायम गर्ने मनशाय रहेको शिक्षाबिद् डाक्टर विद्यानाथ कोइराला बताउछन् । यो नाटक मञ्चन यत्ति मै सिमित रहेन बिभिन्न कलष्टर वाईज विद्यार्थीहरुको छुट्टा–छुट्टै शिशाको भाडामा नाम राखेर त्यहाँवाट अतिथिहरुलाई नाम तान्न लगाएर नयाँ विद्यार्थी भर्ना लिईयो । यो भन्दा भद्दा मजाक र हास्यास्पद शिक्षा क्षेत्रका लागि अरु के होला र ? अझ विद्यालयले त सबै क्षेत्र, बर्ग र समुदायलाई समेटेको देखाउनकै लागि गोलाप्रथा मार्फत विद्यार्थी छनौट दाबी गर्छ ।

नेपालको संबिधानमै गुणस्तरीय शिक्षाको सबैको पहुँच हुनुपर्ने ब्यवस्था भएपनि सेन्ट जेभियर्स स्कूलले शिक्षा मन्त्रालय र संबिधानभन्दा पनि माथि रहेर कलिला बालवालिकाको भबिष्य माथि खेलवाड गर्ने कार्य प्रारम्भ गरेको छ । शुक्रबार गरिएको गोलाप्रथामा सहभागी भएका ललितपुर महानगरपालिका शिक्षा शाखाका प्रमुख शेषकान्त पौडेल शिक्षा ऐन र नियमावलीको धज्जी उडीरहँदा स्वयं अतिथि पनि बने र केवल रमिते मात्रै बनीरहे । विद्यार्थीहरुलाई उपस्थित गराएर परीक्षा मार्फत उत्कृष्ट अंक हासील गरेका विद्यार्थीहरुलाई छनौट गर्दै आईरहेको स्कूलले एका एक गोलाप्रथा गरेर विद्यार्थी छान्नुले पढ्नका लागि पनि क्षमता र कार्यकौशलता र सिपभन्दा पनि भाग्य चिठ्ठा पद्धती अवलम्बन गर्नु बिडम्बनापूर्ण रहेको शिक्षाबिद्को भनाई छ । शिक्षाबिद् कोईराला विद्यालयले सबैलाई समेट्ने नाममा मनपरी गरेको बताउछन् ।

यस बर्ष सेन्ट जेभियर्सले आबेदन माग गरे अनुसार ४ हजार ५ सय भन्दाबढी बालवालिका अनलाईन मार्फत भर्नाका लागि आबेदन बुझाएकोमा १ हजार ३ सय ५० जनालाई छनौट गरी गोला प्रथा गरीएको थियो । जसमा १ सय ७५ जना विद्यार्थी छनौट गरीएको थियो । जसमा दलितका लागि ५ प्रतिशत, सिमान्तकृत एकल महिला, शारीरीक असक्षम र अशक्तका लागि १० प्रतिशत, स्थानीय वडा नम्बर ४ ललितपुर महानगरपालिकालाई १० प्रतिशत, सहोदर भाईबहिनीलाई १० प्रतिशत, पूर्व विद्यार्थीका छोराछोरीका लागि १० प्रतिशत र साधारण समूह तर्फ ५५ प्रतिशतलाई छुट्याईए बमोजिम गोलाप्रथा गरीएको थियो । यो सबै प्रतिशत भने पूर्ण अंकको ६० प्रतिशत प्राप्त गर्ने विद्यार्थी मध्ये कर्मचारीका छोराछोरी र क्याथोलिक छात्रछात्रालाई छुट्याईएको बाहेकको भर्ना दरको प्रतिशत हो । यसले पनि प्रमाणित हुन्छ, कसरी जेभियर्सले अन्य धर्म, समुदायका विद्यार्थीभन्दा पनि क्रिश्चियन बिद्यार्थीहरुलाई विद्यालयमा भर्ना गर्न कस्तो हतकण्डा अपनाएको छ भन्ने कुरा गोलाप्रथाले नै देखाएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #लक्कीड्र, #सेन्ट जेभियर्स स्कुल

तपाईको कमेन्ट लेख्नुहोस्