एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक बस्दै, माधव पक्ष भने नजाने
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
माधव नेपालपक्षका नेताहरु भने सो बैठकमा सहभागी नहुने बुझिएको छ । मंगलबार केपी शर्मा ओलीपक्षको स्थायी कमिटीको बैठकले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र १८ गते माओवादीसँग एकता हुनुअघिको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको थियो । माधव नेपाल पक्षले भने पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र त्यही केन्द्रीय कमिटीको बैठकबाट जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्नुपर्ने अडान राख्दै आएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #दशौं महाधिवेशन आयोजक समिति, #माधवलाई फकाउने निर्णय
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्