प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा आजबाट निरन्तर सुनुवाई, पाँच जनाले बहस गर्ने
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन मुद्धाको आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनाइएको छ । सोही इजलासले गत जेठ २६ गते सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय लगायत विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
त्यस्तै संसद विघटन गर्नुको कारण ७ दिनभित्र लिखित रुपमा बुझाउन सरकारका नाममा आदेश दिएको थियो । सोही आदेश अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकोटाले पनि लिखित जवाफ बुझाइसकेका छन् । यस्तै संवैधानिक इजलासले अदालतको सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च बारबाट २–२ जना वरिष्ठ अधिवक्ता रहने गरी एमिकसक्युरी मागेको थियो । सोहीअनुसार दुवैले दुई दुई सहयोगी पठाइसकेका छन् ।
असार एक गते इजलासलाई सहयोग गर्न चार जना एमिकस क्युरी चयन भएका हुन् । नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषामल्ल पाठकलाई एमिकस क्युरीको रुपमा चयन गरेको छ । त्यस्तै सर्वोच्च अदालतबार एशोसिएसनले पनि वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा विघटन, #होला त संसद पुर्नस्थापना
ताजा खबर
- १यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि, तालिकासहित
- २प्रधानमन्त्री कार्कीको सन्देशः फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ
- ३रुकुम पश्चिममा १२ जना चुनावी मैदानमा,युवा उम्मेदवारले जिल्लामा उत्साह
- ४अहिलेसम्म २९२५ उम्मेदवारी दर्ताः रुपन्देही २ र ३ मा ३५–३५ र मुस्ताङमा चार जना मात्रै
- ५यस्तो छ उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम



तपाईको कमेन्ट लेख्नुहोस्