संविधान दिवसमा विभूषण प्रदान गर्न गरियो खुल्ला दरखास्त आह्वान
काठमाडौं । संविधान दिवसको दिन सरकारबाट विभूषित हुन योग्य छु भन्नेहरुका लागि गृह मन्त्रालयले खुल्ला दरखास्त आह्वान गरेको छ । आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले यही असार २० गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखि फारम भर्नुपर्नेछ । ‘विभूषणका लागि योग्य महानुभावहरुलाई आफूले गरेका योगदानको आधार प्रमाणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न खुल्ला आह्वान गरिएको हो बिज्ञप्तीमा उल्लेख गरेको छ ।
विभूषणका लागि दाबी प्रमाणसहित प्राप्त निवेदनलाई छानविन गरी असार मसान्त भित्र प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयमा पठाइसक्नु पर्नेछ । त्यसपछि गृह मन्त्रालयमा रहेको सिफारिस समितिले विभूषण प्रदानको निर्णयका लागि मन्त्रिपरिषदमा सिफारिस गर्दछ । सरकारले हरेक वर्ष संविधान दिवसको दिन देश र समाजलाई विशिष्ट योगदान पुर्याएकाहरुलाई विभूषण तथा पदकबाट सम्मान गर्दै आएको छ । इच्छुक योग्यता पुगेका ब्यक्तीहरुले दरखास्त दिन सक्नेछन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #विभूषित हुन योग्य
ताजा खबर
- १प्रतिनिधिसभा निर्वाचनः पाल्पा–२ बाट डा.महेश्वरी कुँवर कांग्रेस उम्मेदवार सिफारिस
- २आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
- ३सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
- ४जेन–जी युवाहरुको चेतावनीः विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ
- ५मानव-वन्यजन्तु द्वन्द्व र वन डढेलोको कारण मिचाहा प्रजाति पनि एक होः मन्त्री परियार



तपाईको कमेन्ट लेख्नुहोस्