ताइवानमाथिको खतराको जोखिमको प्रतिरोध गर्न अमेरिका तयार
अमेरिका । अमेरिकाले ताइवानको सुरक्षा वा त्यहाका जनताको सामाजिक वा आर्थिक प्रणालीलाई जोखिममा पार्ने बल वा अन्य प्रकारका जबरजस्ती गर्ने कुनै पनि गतिबिधिलाई प्रतिरोध गर्ने चेतावनी दिएको छ। ताइवानका विदेशमन्त्रीले चीनले आक्रमण गरेमा आफ्नो देशलाई बचाउन आह्वान गरिरहेका बेला अमेरिकाको यस्तो धारणा आएको हो।
मिडिया रिपोर्टहरुका चीनले हालै ताइवानमाथीको दबाब बढाउँदै लगेको छ र बारम्बार चेतावनी पनि दिइरहेको छ। अमेरिकाले ताइवानप्रतिको आफ्नो प्रतिबद्धता ठोस रहेको र ताइवान सामुद्रिक क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न अमेरिका सक्षम रहेको बताएको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्रइसले अमेरिकाको इण्डो–प्यासेफीक क्षेत्रमा साझा समृद्धि, सुरक्षा र मूल्यमान्यताहरू कायम गर्न अमेरिका र साझेदारहरूले निरन्तर काम गरिरहेको बताए।
उनले ताइवान जल क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न अमेरिकाले काम गरिरहेको पनि उनले बताए। यता ताइवानको नजिक तनाव बढाउने क्रममा चीनको आफ्ना नौसेनाले ताएवानकै नजिकको क्षेत्रमा आफ्नो सैन्य अभ्यास बढाउँने घोषणा गरेको याहु न्यूजले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, विदेश, समाचार
ट्याग : #अमेरिकाले ताइवान, #ताइवानका विदेशमन्त्री
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्