मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिए

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए ।
४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए । राईको पुख्यौंली घर भोजपुर हो भने शेर्पाको संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा बस्दै आएका छन् । उनी मोडल समेत हुन् । मिस मंगोल २०१८ को उपाधि समेत जितेकी उनले म्युजिक भिडियोमा अभियन गर्नुका साथै स्टेज शो सञ्चालन गर्ने गर्छिन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #मुख्यमन्त्री शेरधन राई, #राई वैवाहिक जीवनमा
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्