दर्ताविनै सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न गृहमन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले विना दर्ता सञ्चालनमा रहेका क्रसर एवं बालुवा प्रशोधन उद्योग तत्काल बन्द गराउन निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री लेखराज भट्ट, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायतको सिंहदरबारमा बसेको बैठकले निर्णय गरेपछि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विना दर्ता सञ्चालित उद्योग बन्द गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन, जिल्ला प्रहरी, घरेलु तथा साना उद्योग, मालपोत र नापी कार्यालयका प्रमुखसहित इञ्जिनियर सम्मेलित टोलीबाट तत्काल अनुगमन गर्न पनि निर्देशन दिएको छ ।
अनुगमनबाट क्रसर मापदण्ड अनुसार भए नभएको, तोकिएको जग्गामा सञ्चालन भएरनभएको, दर्ताका भएका वेला तोकिएका अन्य शर्त पालना गरिए नगरिएको लगायतका विवरण संकलन गरी ७ दिनभित्र रिपोर्ट पेश गर्न समेत भनिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #क्रसर एवं बालुवा प्रशोधन
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्