Techie IT
  • ९ मंसीर २०८०, शनिबार
KhojPatrika

पिसिआर परिक्षणमा ब्रह्मलुट,किन फैरिदैछ हरेक पटक शुल्क


कोही भन्छन् पिसिआर काम छैन् । कोही भन्छन् यो गर्नु र नगर्नुको कुनै अर्थ नै छैन । नेपालले हालसम्म ८ लाख २१ हजार ८६ पिसिआर टेस्ट गरिसकेको छ । १५ हजारबाट सुरु भएको पिसिआर टेस्ट १५ सयमा झरिसकेको छ । एकातिर विश्वसनियता नहुनु अर्कोतिर बजारमा पाइने ब्याईलर कुखुराको मासु जस्तो दैनिक मुल्यमा उतारचढाप आउनु । आखिर कति हो त पिसिआर टेस्टको रियल मुल्य । विश्वभर अस्वीस्कृत भएको आरडिटी परिक्षणमा सरकारले अर्बौ खर्च गर्दै अन्तत आरडिटि परिक्षण नै बन्द गर्यो । साहेद अव पालो आएको होला पिसिआर टेस्टको । होइन भने प्रयोगशाला पिच्छे किन परिक्षणको मुल्य फरक भो । यसको जवाफ सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायले दिनैपर्छ ।

पिसिआर परिक्षण नहुँदा सुत्केरी महिला, गरिव, असाहाय, निमुखा जनताले अकालमा कोरोनाकै कारण ज्यान गुमाएको तथ्य मृत्यु पश्चात कोरोना पुष्टि भएका केशले प्रष्ट पार्छ । मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रैछ भनेझै आर्थिक अनियमितता र चलखेलकै कारण पिसिआर टेस्टको मुल्य पनि फरक फरक पाइएको छ हाम्रै नेपालमा । बिभागिय मन्त्रालय कोरोना परिक्षणको नाममा दैनिक रुपमा नयाँ–नयाँ फण्डा झिक्दै अघि बढीरहेको छ । प्रारम्भमै कोरोना परिक्षणका लागि भित्रयाईएको किटका बिषयमा बिवाद हुदाँ ओम्नी समूहसँगको सम्झौता भंग गरेको मन्त्रालयले दोस्रो पटक जीटुजी मार्फत नेपाली सेनालाई जिम्मा दिएर स्वास्थ्य सामाग्री र परिक्षण किटहरु नल्याएको पनि होईन । तर, सेनाले चिनवाट ल्याएका स्वास्थ्य सामाग्रीहरु महङ्गो भएको भन्दै चौतर्फी बिरोध भएपछि सेना यस प्रक्रियाबाट पछि हटेको थियो । त्यस पछि पुन बोलपत्र आब्हान गर्दै स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा बिभागले स्वास्थ्य सामाग्रीहरु पटक–पटक भित्र्याईरहेको छ ।

हुनत पिसिआर टेष्टका नाममा मन्त्रालयले पटक–पटक फरक–फरक मूल्य तोक्दै सरकारी तथा नीजि क्षेत्रलाई परिक्षणको जिम्मा नदिएको कहाँ हो र ? तर, नीजि क्षेत्रले सरकारको तुलनामा दुई गुणाबढी मूल्य कम मूल्यमा परिक्ष्ँण गर्न थाले पछि सरकार र सरकारले गरेको परिक्षण माथि भ्रष्टाचारको गन्ध आएको छ । नआवस् पनि कसरी एउटै परिक्षण कहिले ५५ सय त कहिले ४५ सयभन्दा बढी लिन नपाउने भन्दै उर्दी जारी गर्ने सरकारले नीजि क्षेत्रले २५ सयमै कोरोना परिक्षण गर्न थालेपछि तै चुप र मैचुपको अवस्थामा बस्नु परेको छ ।

दुर्गम सुदुरको डडेल्धुरामा २५ सयमा गरीने कोरोना परिक्षण काठमाण्डौको सरकारी प्रयोगशालामा ४५ सय भएपछि कसैलाई केही भन्नु छ र ? यो त अचाक्ली भयो, अन्याय भयो अनि चरम सरकारी ढुकुटीको दुरुपयोग भयो भन्नका खातीर हामीले यो प्रसंग कोट्याएका हौं । हामी निरन्तर रुपमा सरकारलाई झकझक्याउन बाध्य छौं पिसिआर परिक्षणका नाममा सरकारी ढुकुटी माथि भएको ब्रह्मलुटको पर्दाफास गर्नका लागि ।

अझ बिडम्बना त्यो सरकारी परिक्षण पनि केवल हुने खाने, पावरबवाला र पैसावालका लागि मात्रै हो । अन्यले त कहाँ परिक्षण र उपचार पाउन सक्छन् हाम्रो नेपालमा । नभए अस्पतालको गेटमा पुर्याएका बिरामीलाई कोरोनाको बाहनाका कारण फिर्ता पठाउने सरकारी संयन्त्र किन केही बोल्दैन पिसिआर परिक्षणमा भएको ब्रह्मलुटका बारेमा यो प्रश्न अनुत्तरीत रहेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, सम्पादकीय
ट्याग : #ओम्नी समूह, #पिसिआर, #विश्वसनियता नहुनु

तपाईको कमेन्ट लेख्नुहोस्