के सबै निजामती कर्मचारी भ्रष्टचारी नै हुन् त ?
निजामती कर्मचारी देशको स्थायी सरकार । देश सञ्चालनका लागि अहम भूमिका खेल्ने निकाय । यो त निजामती कर्मचारीको सुन्दर पक्ष हो । तर, यसभित्र लुकेका कयौं प्रश्नले निजामती कर्मचारीको बद्नाम भइरहेको छ । राजनीतिक खोल ओडेर नेता मन्त्री तथा ठेकेदारहरुको बिचौलिया बनिदिदा, सामान्य नागरिकको काममा समेत घुस मागिदिदा, कागजात मिलेन है भन्दै पैसाको बार्गेनिङ गर्दा, यातायात, मालपोत,नापी अझ छुटाउनै नहुने भन्सार नाकामा सरुवाका लागि दौडधुप गर्दै पैसा विना काम नगरिदिनाले नै निजामती कर्मचारीप्रति आम जनताको नजर गिरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फोटोकफी पैसाले दैनिक जसो खरिदार, सुब्बा, इन्जिनियरदेखि अधिकृतसम्म रंगेहात पक्राउ पर्दा कतै घुस विना कर्मचारी काम गदैनन् कि भन्ने प्रश्न उठाइदिएको छ । यति भनिरहँदा सबै कर्मचारी उस्तै हुन् भ्रष्टचारी हुन् भन्न चाँही खोजेको हैन् है । बर्षौसम्म त्याग गरी फाटेको चप्पल र जुत्ताले काम गर्ने इमान्दार कर्मचारी नभएका पनि होइनन् तर, उनीहरु भन्दाबढी अर्के भइदिएपछि यो सुनुवाई कसरी हुन्छ ? उदाहरण हेरौं एउटा खरिदार वा सुब्बाको तलव भत्ताले एक दुई बर्षमा कसरी बन्छ शहर बजारमा घर, कसरी कुद्छन् महंगा गाडी, कसरी जोडिन्छन् महंगा गरगहना । एक जना निजामती कर्मचारी भयो भने सारा परिवारले नै मस्ती गर्नेगरी कसरी हुन्छ कमाई ? हुनत् यहाँ मन्त्री सांसद, नेता हुँदा घर पट्टीका मात्रै होइनन् ससुराली तर्फकाले समेत रोजगार पाउँछन् बार्गेनिङ गर्न पाउछन् राज्यकोषमाथि ब्रम्हलुट गर्न पाउनछन् अनि कसरी बन्छ समृद्ध नेपाल ।
दुई चार हजारको बार्गेनिङमा फोटोकफी लिएर कर्मचारी समात्ने अख्तियार कोरोना लागेझै उच्च तथा ठूला ब्यक्तीहरुको छेउमै पर्न चाहदैन् । नपत्याए हेर्नुहोस् त ३ बर्षमा राज्यकोषबाट चियापान र भोजमा मात्रै २० अर्व स्वाहा । भदौं २२ अर्थात् निजामती सेवा दिवस । “स्वच्छ र सक्षम प्रशासन, समृद्धि र शुसासन“ भन्ने नाराका साथ मनायो । यो दिवस मनाउन लागेको १७ बर्षमा देशले चार जना मात्रै सर्बोत्कृष्ट कर्मचारी भेटायो अरे । भगवती प्रसाद काफले, भाइकाजी तिवारी, शान्तराज सुबेदी र सुर्यप्रसाद गौतमले सर्बोत्कृष्ट कर्मचारीको सम्मान त पाए । तर, पुरस्कृत हुनेहरुमा कुनै न कुनै प्रश्न त उठेकै छ है ।
यो चार बर्षमा सर्वोत्कृष्ट कर्मचारी पुरस्कारका लागि योग्य ब्यक्ती नै नभेटिनुले कर्मचारीमा देखिएको दम्भ, अहमता र भ्रष्ट मानसिकताका कारण निजामती कर्मचारीमाथि नै प्रश्न उठेको छ । १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामति सेवा पुरस्कार दिइयो । तर, सर्बोत्कृष्ट यसबर्ष पनि खाली । जनताको सेवामा लाग्ने, देशको हितमा काम गर्ने, भ्रष्टचारबाट टाढै रहेका निजामती कर्मचारीलाई हाम्रो उच्च सम्मान । तर, देशमा ब्रम्हलुट र भ्रष्टचारको अखडा बनाउने सबै सबैलाई कुरिकुरि ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, सम्पादकीय
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #निजामति सेवा दिवस, #निजामती कर्मचारी
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्