नेकपा सचिवालय बैठकले अनुमोदन गर्यो कार्यदल
काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदल अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको हो ।
बिबाद समाधानका लागि अध्यक्षद्धयले महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदल गठन गरेका थिए । अध्यक्षद्वयले अन्य नेताहरुसँगको सल्लाहबिना कार्यदल गठन गरेको भन्दै पार्टीका अन्य शीर्ष नेताहरुले असन्तुष्टि जनाएपछि सचिवालय बैठकबाट अनुमोदन गरिएको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदललाई शुभकामना दिँदै छिटोभन्दा छिटो आफ्नो प्रतिवदेन पेश गर्ने बताएका छन् । उनले कार्यदलका लागि समयसीमा नतोकिएको पनि जानकारी दिएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #कार्यदल अनुमोदन, #नेकपाको सचिवालय बैठक
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्