कोरोना कहर : माक्स नलगाउनेलाई पक्राउ गर्न गृहको पत्राचार
काठमाडौं । कोरोनाबाट संक्रमित हुनेको संख्या नघटेपछि सरकारले माक्सविना कसैलाई पनि घरबाहिर निष्कन नदिने रणनिति अवलम्बन गरेको छ । भीडभाडमा भौतिक दूरी कायम नहुदा बढ्ने जोखिमलाई ख्याल गर्दै गृह मन्त्रालयले मास्कको प्रयोग नगर्ने विरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको हो । ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै गृहले मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृहले निर्देशन दिएको छ । मन्त्रालयले मास्क लगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न भनेको छ ।
पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै परिपत्र जारी गरिएको गृहले जनाएको छ । अब कारबाहीको विवरण समेत दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने भएको छ । कोरोना भाइरसको संक्रमण कायमै रहदा सरकाले लकडाउन अन्त्यको घोषणा गरेसँगै विना मास्क बजारमा निश्किनेहरु बढ्न थालेका छन् । मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #माक्स
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्