ओली नेतृत्वको सरकारले निरन्तरता पाए नेकपा समाप्त हुन्छ : खनाल
काठमाडौँ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्न नहुने बताएका छन्। सोमबार साधना प्रधान प्रतिष्ठानले गरेको भर्चुअल कार्यक्रममा नेता खनालले नेकपाको जनमतको रक्षाका लागि ओली नेतृत्वको सरकार ढल्नुपर्ने बताएका हुन्। ओलीको सरकार सञ्चालन गर्ने कार्यशैलीका कारण अहिले नै पार्टीप्रतिको जनमत खुम्चिएकाले पाँचै वर्ष सरकार टिके यसले थप घाटा हुने उल्लेख गरेका हुन्।
कार्यक्रममा खनालले भने, ‘सरकार पाँच वर्ष चल्ने हो भने नेकपा ‘रुट आउट’ हुन्छ। नेकपाको जनमत सकिन्छ। अहिले नै जनमत खुम्चिसकेको छ। जताततै सरकारको विरोध बढेको छ।’ उनले भ्रष्टाचार बढे पनि सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाए। खनालले पार्टीमा भएका कमी कमजोरीहरुलाई सुधार गरेर जानुपर्ने आवश्यकता औंल्याए। अहिलेकै अवस्थाबाट अघि बढ्ने हो भने नेकपाको भविष्य अन्धारका रहेको उनले चेतावी समेत दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #झलनाथ खनाल
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्