ओली नेतृत्वको सरकारले निरन्तरता पाए नेकपा समाप्त हुन्छ : खनाल
काठमाडौँ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्न नहुने बताएका छन्। सोमबार साधना प्रधान प्रतिष्ठानले गरेको भर्चुअल कार्यक्रममा नेता खनालले नेकपाको जनमतको रक्षाका लागि ओली नेतृत्वको सरकार ढल्नुपर्ने बताएका हुन्। ओलीको सरकार सञ्चालन गर्ने कार्यशैलीका कारण अहिले नै पार्टीप्रतिको जनमत खुम्चिएकाले पाँचै वर्ष सरकार टिके यसले थप घाटा हुने उल्लेख गरेका हुन्।
कार्यक्रममा खनालले भने, ‘सरकार पाँच वर्ष चल्ने हो भने नेकपा ‘रुट आउट’ हुन्छ। नेकपाको जनमत सकिन्छ। अहिले नै जनमत खुम्चिसकेको छ। जताततै सरकारको विरोध बढेको छ।’ उनले भ्रष्टाचार बढे पनि सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाए। खनालले पार्टीमा भएका कमी कमजोरीहरुलाई सुधार गरेर जानुपर्ने आवश्यकता औंल्याए। अहिलेकै अवस्थाबाट अघि बढ्ने हो भने नेकपाको भविष्य अन्धारका रहेको उनले चेतावी समेत दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #झलनाथ खनाल
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्