सत्तारुढ दलको बिद्यार्थी संगठनले अभिभावकहरुलाई भन्यो शुल्क नबुझाउनु
काठमाडौं । निजी बिद्यालयले लकडाउनको समेत शुल्क असुल्ने गरी जारी गरेको बिज्ञप्तीको चौतर्फी आलोचना बढिरहेको छ । लकडाउनले समस्यामा परेका अभिभावकलाई शुल्क बुझाउन ताकेता गरेपछि उनीहरु तनावमा परेका बेला सत्तारुढ नेकपा विद्यार्थी संगठन अनेरास्ववियूले लकडाउन अवधिको कुनै पनि शुल्क नलिन निजी विद्यालयलाई चेतावनी दिएको छ । निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनले अभिभावकलाई शुल्क तिर्न आह्वान गरेको भोलिपल्ट अनेरास्ववियूले निजी विद्यालयको उक्त निर्णयको विरोध गर्दै शुल्क नलिन चेतावनी दिएको हो ।
बिद्यार्थी संगठनले कोरोना कहरका कारण लकडाउनले गर्दा आम विद्यार्थी र अभिभावकहरु चौतर्फी रुपमा आक्रान्त भएका बेला हठात शुल्क उठाउने निजी विद्यालय सञ्चालकहरुको आह्वानको हामी घोरनिन्दा र भत्सना गरिएको संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्याब्सन र एन प्याब्सनले आइतबार अभिभावकलाई विद्यार्थीको भर्ना अभिलेख अद्यावधिक गर्न, २०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्न र २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्न अपिल गरेको थियो । कोरोनाको त्रास र अभिभावकको विकराल अवस्था र विद्यार्थीहरुको तनावपूर्ण मनोविज्ञानलाई पूर्ण रुपमा उपेक्षा गरी विद्यालय बन्द रहेको बेला जारी गरिएको अपिललाई शुल्क नबुझाउन अनेरास्ववियूले अभिभावकहरुलाई आग्रह गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #अभिभावक
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्