कांग्रेसको सुझावः १४ खर्बसम्मको बजेट
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई आगामी आर्थिक वर्षका लागि १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको छ । कांग्रेसले गठन गरेको अर्थतन्त्र विशेष समितिले सरकारलाई चालु वर्षमा खर्च नभएको रकम र केन्द्रीय बैंकको ओभर ड्राफ्टसमेतको सम्भावित आँकलन गरी साढे १३ देखि १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको हो । नेपाली कांग्रेसले केही समयअघि पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा एक अर्थतन्त्र विशेष समिति गठन गरेको थियो । सोही समितिले अध्ययन गरी २७ पृष्ठ लामो प्रतिवेदन तयार पार्दै सरकारलाई १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको हो ।
प्रतिवेदनमा सार्वजनिक खर्चको पुन प्राथमिकीकरण, मितव्ययीता तथा आर्थिक अनुशासनबाट खर्चलाई बाञ्छित सीमामा राख्न सुझाव दिइएको छ । राजश्व बाँडफाँट गरेपछि संघीय राजश्व ९ खर्बसम्म हुने अनुमान गर्दै कांग्रेसले आन्तरिक ऋण कुल ग्रार्हस्थ उत्पादनको अनुपातमा करीव ५ प्रतिशत रहने गरी २ खर्बको हाराहारीमा उठाउन सकिने बताएको छ । स्रोत, शर्त र क्षेत्र हेरेर विदेशी ऋणपनि २ खर्ब २५ अर्बसम्म उठ्ने र अनुमान गरेको छ ।
क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ट्याग : #अर्थतन्त्र
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्