ल्यायो नेपाली सेनाले स्वास्थ्य सामग्री

काठमाडौं ३ जेठ । नेपाली सेनाले कोरोना उपचारका लागि स्थलमार्गबाट स्वास्थ्य सामग्री ल्याएको छ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको हो । चीनको होङ्जुबाट १० कन्टेनर स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै स्थलमार्गबाट काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ । सरकारले ओम्नी समूहसँग गरेको स्वास्थ्य सामग्री खरिद सम्झौता विवादमा परेपछि उक्त सम्झौता रद्द गर्दै सरकारले जीटुजी मार्फत स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेको थियो। सरकारले उक्त स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो। सोही प्रक्रिया अन्तर्गत चीनसँग खरिद गरिएको पहिलो चरणमा स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको हो। चीनसँगको खरिद सम्झौता अन्तर्गत ३ सय ४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याइने छ। त्यसका लागि नेपाल वायुसेवा निगमको विमान सोमबार चीनको ग्वान्जाओ जाने बताइएको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली सेना
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्