Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

आज नीति तथा कार्यक्रम, कोरोना नियन्त्रणमा बिशेष प्राथमिकता


काठमाडौं २ जेठ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा आज प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार गठनपछि तेस्रोे पटक नीति तथा कार्यक्रम प्रस्तुत गरिन लागेको हो । यही नीतिकै आधारमा सरकारले आर्थिक वर्ष २०७७ ०७८ को बजेट तयार हुनेछ । कोरोनाबाट प्रभावित क्षेत्रलाई राहत दिने र यसको प्रभाव न्यूनीकरणको घोषणामा कार्यक्रम केन्द्रित रहने अर्थ मन्त्रालयले जनाएको छ । नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३ बजेर ४५ मिनेटमा सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ । कोरोना संक्रमणको जोखिम रहेकाले सामाजिक दूरी कायम हुने गरी बैठक कक्षमा बस्ने व्यवस्था मिलाइएको छ । सामाजिक दूरी कायम राख्नुपर्ने भएकाले कतिपय सांसदलाई बाल्कुनीमा समेत बस्ने व्यवस्था पनि मिलाइएको छ । संक्रमणको जोखिम उच्च भएकाले यस पटकको नीति तथा कार्यक्रममा २९ जना अतिथिलाई मात्रै निमन्त्रणा गरिएको छ । संबैधानिक निकायका प्रमुख लगायतका उच्च सरकारी अधिकारीलाई बोलाइए पनि कुटनीतिक नियोगका प्रतिनिधिलाई यस पटक बोलाइएको छैन् । जोखिमलाई ध्यानमा राखेर संसद् भवनमा पीसीआर परीक्षण नभएकाहरूलाई प्रवेशमा निषेध गरिएको छ । कोरोना भाइरस संक्रमणले मुलुक आक्रान्त भइरहेका बेला सरकारले नीति तथा कार्यक्रममा रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको बताइएको छ । अर्थ मन्त्रालयले बजेटका प्राथमिकताका सम्बन्धमा तयार पारेको प्रतिवेदनलाई आधार मानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नीति तथा कार्यक्रम तयार हुन्छ । संबैधानिक ब्यवस्था अनुसार नै जेठ १५ गते संसदमा बजेट प्रस्तुत हुनेछ ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, राजनीति
ट्याग : #नीति तथा कार्यक्रम

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं