अन्तिम समयमा नेकपाको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं ३१ बैशाख । नेकपा स्थायी कमिटी बैठक अन्तिम समयमा फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको हो । मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् । नेकपाको अर्को बैठकको मिति निश्चित छैन । छलफल गर्नुपर्ने विषय धेरै भएपनि तत्कालकालागि नीति तथा कार्यक्रम र लिपुलेकमा भारतले सडक बनाएकोबारे छलफल हुने जनाइएको थियो । यसअघि स्थायी कमिटीको बैठक नबोलाउने अडानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित गर्न पार्टी भित्रैबाट असहयोग हुनसक्ने आशंका भएपछि बैठक बोलाउन तयार भएको नेताहरुको अनुमान थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा स्थायी कमिटी बैठक
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्