अन्तिम समयमा नेकपाको स्थायी कमिटी बैठक स्थगित
काठमाडौं ३१ बैशाख । नेकपा स्थायी कमिटी बैठक अन्तिम समयमा फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको हो । मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् । नेकपाको अर्को बैठकको मिति निश्चित छैन । छलफल गर्नुपर्ने विषय धेरै भएपनि तत्कालकालागि नीति तथा कार्यक्रम र लिपुलेकमा भारतले सडक बनाएकोबारे छलफल हुने जनाइएको थियो । यसअघि स्थायी कमिटीको बैठक नबोलाउने अडानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित गर्न पार्टी भित्रैबाट असहयोग हुनसक्ने आशंका भएपछि बैठक बोलाउन तयार भएको नेताहरुको अनुमान थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा स्थायी कमिटी बैठक
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्