सांसदहरुको जोड भूमि फिर्ता गर्न पहल गरौं
काठमाडौं ३० बैशाख । सांसदहरुले भारतले सडक बनाएको लिपुलेक फिर्ता लिन दिर्घकालिन पहल गर्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एक तर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गरेका हुन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन र भारतसँगको सीमा समस्याको दीर्घकालीन समाधानका लागि उच्चस्तरमा कूटनीतिक पहल गर्न माग गरे । बैठकमा सांसदहरु बालकृष्ण खाँड, देवप्रसाद गुरुङ, प्रकाशमान सिंहलगायतले भारतले नेपालको सिमाना मिचेर सडक निर्माण गरेको सम्बन्धमा भत्र्सना गर्दै फिर्ताका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् । यसैगरी अन्य सांसदहरुले कोरोनाका कारण मजदुर र निम्न वर्गका समुदाय बढी समस्यामा परेको बताउँदै समस्यामा परेकालाई उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराए । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा सांसदहरुले बहुआयामिक विषय उठाएको उल्लेख गर्दै सांसदका प्रश्नमा सरकारको विशेष ध्यानाकर्षण गराएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #सांसदहरु
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्