भुकम्पमा जस्तै एकढिक्का भई कारोनोबिरुद्ध लडौंः प्रधानमन्त्री ओली
काठमाडौं १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा जारी सन्देशमा भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माणको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना बिरुद्धको लडाईमा एकताबद्ध हुन आग्रह गरेका हुन् । उनले विषम परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जुटन आह्वान गरे । प्रधानमन्त्रीको सन्देशमा सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने बुझेको उल्लेख गरेका छन् ।


उनले यतिबेला विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारीविरुद्धको लडाइमा रहेको बताउदै विगत एक महिनादेखि सिङ्गो देश लकडाउनमा रहन बाध्य भएको बताए । लकडाउनका कारण पुनःनिर्माण तथा पुनस्र्थापनाका कार्यमा गम्भीर असर परेको जानकारी गराउँदै कोरोना भाइरस विरुद्धको लडाइमा हामी विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुने बिश्वास ब्यक्त गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री ओली
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्