बिदेशमा अलपत्र नेपालीलाई तत्काल उद्धार गर्न सर्बोच्च अदालतद्धारा अन्तरिम आदेश
काठमाडौं ४ बैशाख । सर्बोच्च अदालतले वैदेशिक रोजगारीमा जोखिममा परेका नागरिकलाई उद्धार गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सोमप्रसाद लुइँटेलले दिएको रिटमा सुनुवाइ गर्दै बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले बिना भेदभाव, बिना स्वेच्छाचारी तरिकाले सर्त बन्देजसहित फिर्ता ल्याउने पहल गर्न आदेश दिएको हो । वैदेशिक रोजगारीमा अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमताबाट संरक्षण गर्न नागरिकको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण ध्यान दिन समेत सर्बोच्चले आदेश दिएको छ । सूक्ष्म, गम्भीर एवं संवेदनशील तरिकाले बिना भेदभाव, बिना स्वेच्छाचारी, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको सर्त बन्देजसहित फिर्ता र उद्धारको लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न पनि सर्बोच्चले अन्तरिम आदेश दिएको हो । न्यायाधीश प्रधानको इजलासले महामारी फैलिएका मुलुकमा रोजगारको सिलसिलामा रहेका र कोरोना संक्रमण भएका नेपालीको स्वास्थ्य स्थिति प्रतिवेदन तयार गर्न र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको उपचार पाएको नपाएको बुझ्न पनि भनिएको छ । उनीहरूले भेदभावरहित ढंगबाट उपचार सेवा प्राप्त गरून् भन्नका लागि आवश्यक समन्वय गर्न समेत सर्वोच्चले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सर्बोच्च अदालत
ताजा खबर
- १रामकुमारीको माग – जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ
- २२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन
- ३बालेन र सुधनलाई ऐन महरको चेतावनी- प्रतिशोधको डोको आफ्नो लागि सुरक्षित राख्नुहोला
- ४सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
- ५राष्ट्रिय सभामा दलले यसरी मिलाए भागबण्डा



तपाईको कमेन्ट लेख्नुहोस्