भारतमा पछिल्लो २४ घण्टामा एक हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं ३० चैत । भारतको स्वास्थ्य मन्त्रालयले पहिलो पटक २४ घण्टामा हजार बढी व्यक्तिमा संक्रमण भेटिएको जनाएको छ । भारतको स्वास्थ्य मन्त्रालयले देशभर ७ हजार ४ सय ४७ जनामा संक्रमण पुष्टि भएको र २ सय ३९ जनाको ज्यान गएको जानकारी दिएको छ । टाइम्स अफ इण्डियाले भने आफ्नो मिडिया रिपोर्टमा भारतभर संक्रमित संख्या ८ हजार ४ सय २६ पुगिसकेको र २ सय ९० जनाको ज्यान गएको दाबी गरेको छ । यस्तै भारतको राजधानी दिल्लीमा बितेका २४ घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जुन एकैदिन दिल्लीमा भएको उच्च मृत्यु संख्या हो । पछिल्लो २४ घण्टामा १ सय ६६ वटा नयाँ संक्रमण पुष्टि भएको दिल्लीमा हालसम्म १ हजार ६९ जनामा संक्रमण भेटिएको छ । यो संख्या भारतमा सबैभन्दा बढी संक्रमित भेटिएको महाराष्ट्र राज्यपछि दोश्रो हो । भारतको इण्डियन काउन्सिल फर मेडिकल रिसर्चले १ लाख ६४ हजार ७ सय ७३ जना मानिसको १ लाख ७९ हजार ३ सय ७४ वटा नमुनाको कोरोना परीक्षण गरेको जनाएको छ । भारतमा संक्रमणबाट महाराष्ट्र, दिल्ली, तमिलनाडु, राजस्थान, मध्य प्रदेश तथा तेलाङ्गना लगायतका राज्य धेरै प्रभावित छन् । जारी संक्रमण संख्यालाई ध्यानमा राख्दै भारतले लकडाउन थप बढाउने योजना बनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #भारतको स्वास्थ्य मन्त्रालय
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्