Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

सरकारको अपरिपक्क निर्णय, चौतर्फी आलोचना


काठमाडौं २८ चैत । बिहीबार साँढे तीन बजे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई दुई दिन उपत्यका बाहिर पठाउने निर्णय गर्यो । त्यो निर्णय प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको फेसबुक मार्फत सार्वजनिक भयो ।

त्यसपछि लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिन नपाएका सर्वसाधारण खुसी भए । तर, प्रदेश तथा स्थानीय तहबाट त्यसको चर्को बिरोध भएपछि निर्णय फिर्ता लिइयो । त्यो पनि उही मन्त्रीपरिषदको कार्यालयको फेसबुक मार्फत । संयोजक ईश्वर पोखरेलले गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ लगायतसँग छलफल गरेका थिए । शुक्रबार र शनिबार बाहिर पठाउने मन्त्रीहरुकै बीच कुरा बाँझिएको भनीएको छलफल मात्रै थियो भने निर्णय भन्दै कसरी बाहिरियो त ? चैत ११ बाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु लामो दुरी हिडेरै काठमाडौंबाट बाहिरिरहेका छन् । लकडाउन लम्बिदा दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले गाउँ र्फकनेहरु धेरै रहेको सामाजिक सञ्जालमा देखिएको उत्साहले देखाइरहेको थियो । यो निर्णय हचुवाको भरमा सार्वजनिक गरिएको थियो भन्ने मन्त्रालयका बिज्ञप्ती र मन्त्रीहरुले सामाजिक सञ्जालमा दिएको प्रतिक्रियाले प्रष्टै जनाउछ । दुई दिन यातायात खोल्ने निर्णय गर्नुपुर्व न बिज्ञसँग सल्लाह भएको छ न त सरोकारवाला निकायकै बिचमा छलफल देखिन्छ । सवारी साधान सञ्चालन गर्दा पर्ने प्रभाव, घरमै लकडाउन अवस्थामा बसेका सर्वसाधारणको हुल बजार निष्किदा देखिने असरको आकलन नै नगरिनु दुर्भाग्य भएको भन्दै टिप्पणी भइरहेको छ । मन्त्रीहरु नै यतिबेला आफैले गरेको गलत निर्णयको बचाउ गर्न सञ्चारमाध्यमलाई दोष दिएर पन्छिन खोजीरहेका छन् । यो निर्णयले सरकारको असक्षमता र अपरिपक्कता प्रष्ट देखिएको भन्दै आलोचना समेत हुन थालेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #चौतर्फी आलोचना

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं